सरकारले काठमाडौँको मूलपानी, भरतपुर र विराटनगरको क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा सञ्चालन गर्ने निर्यण गरेकाे छ।
मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा सञ्चालन गर्ने निर्यण गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसैगरी निजगढ अन्तिर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन विज्ञ टोलीबाट प्राप्त प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० स्वीकृत गर्ने र युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी समिम नेपाललाई राजदूत पदमा नियुक्त गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।