विदेशी महिलाकाे मलद्वारमा भेटियाे झण्डै चार केजी सुन!

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याएका तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ। 

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिक ३ किलो ७४५ ग्राम सुनसहित पक्राउ परेका हुन्। 

एक पुरूषसहित तीन महिलाकाे गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएकाे थियाे। 

तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएकाे बताइएकाे छ। तर पुरूषकाे साथबाट भने केही बरामद नभएकाे प्रहरीले बताएकाे छ। 

अहिले उनीहरूमाथि अनुसन्धान भइरहेकाे छ। 

प्रकाशित मिति: : 2025-02-27 11:03:00

प्रतिकृया दिनुहोस्