एमालेले डाक्याे सचिवालय बैठक 

एमालेको सचिवालय बैठक बस्दैछ।

बुधबार दिउँसो १२ः४५मा सचिवालय बैठक बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञावलीले जानकारी दिएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने ज्ञवालीको भनाइ छ। 

उनकाअनुसार जारजरकोट भूकम्प र एमालेले मंसिरको दोस्रो साताबाट मध्यपहाडी राजमार्गकेन्द्रित गर्न लागेको पदयात्राका विषयमा छलफल हुनेछ। 

एमालेले १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित पदयात्रा अभियान गर्दैछ। 
 

प्रकाशित मिति: : 2023-11-08 08:04:00

प्रतिकृया दिनुहोस्