बाँकेमा उपचाररत भूकम्पका ३ घाइते उपचारपछि घर फर्किए

बाँकेमा उपचाररत भूकम्पमा घाइते भएका ३ जना उपचारपछि घर फर्किएका छन्। शुक्रबार राती आएको भूकम्पमा परी घाइते भएकामध्ये बाँकेमा ५२ जनालाई ल्याइएको थियो। 

जसमध्ये उपचारपछि ३ जना घर फर्किएकाे जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ।  भूकम्पका अन्य घाइतेकाे बाँकेको भरी अस्पतालमा उपचारभइरहेको छ। 

हाल ४८ जना घाइतेको भरी अस्पतालमा उपचार भइरहेको छ। यसअघि एक भूकम्पका घाइतेकाे उपचारका लागि बाँकेमा ल्याउँदै गर्दा मृत्यु भएको थियो।

घाइतेहरू जाजरकोट र रुकुम पश्चिमका हुन्। 

शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। 

भूकम्पमा परी १५३ को मृत्यु भएको जनाएको छ। भूकम्पमा परी ३ सय बढी घाइते भएका छन्। 

घाइतेमध्ये केहीको काठमाडौंमा पनि उपचार भइरहेको छ। 

प्रकाशित मिति: : 2023-11-08 06:45:00

प्रतिकृया दिनुहोस्