भूकम्पका घाइतेहरुलाई भरी अस्पताल ल्याइँदै, अध्यक्ष शाह भन्छन- हामी तयारी अवस्थामा छाैँ

जाजरकाेट केन्द्रबिन्दु भएर गएराति गएकाे भूकम्पमा परी घाइते भएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइँदैछ।

अस्पतालका अध्यक्ष वीरेन्द्र शाहकाअनुसार अहिलेसम्म अस्पतालमा एक जना घाइतेलाई ल्याइएकाे छ। भने, घाइते भएका अन्यलाई उद्दार गरी नेपाली सेनाकाे हेलिकप्टरबाट ल्याइँदैछ।

उद्दारकाे लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकाेट पुगेका छन्। भने, सरकारले सबै निकायलाई परिचालन गरेकाे छ।

अस्पतालका अध्यक्ष शाहले घाइतेकाे उपचारकाे लागि अस्पताल तयारी अवस्थामा रहेकाे र स्राेत साधानहरु पनि थप गर्ने तयारी गरिएकाे बताए। ‘अस्पतालका सबै बेडहरु तयार छन्,’ शाहले भने, ‘हाम्राे टाेली पनि तयार छ।’

प्रकाशित मिति: : 2023-11-04 08:13:00

प्रतिकृया दिनुहोस्