जाजरकाेट-रुकुम भूकम्प: मृत्यु हुनेकाे संख्या १२८ पुग्याे, जाजरकोटमा मात्रै ९२ जना

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।

भूकम्पमा परी शनिबार बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम (पश्चिम)मा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्।

अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीव्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।

जाजरकोट केन्द्रबिन्दु भए गएराति ११:४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्।

भिडियाे : 

प्रकाशित मिति: : 2023-11-04 07:57:00

प्रतिकृया दिनुहोस्