योगराज ढकाल (रिगल)ले प्रहरीमा आत्मसमर्पण गरेका छन्। सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि रिगल बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
‘उनले आत्मसमर्पण गरेका छन्,’ बिएल नेपाली सेवासँग छाेटाे कुराकानी गर्दै बाँके प्रहरीका सूचना अधिकारी डिएसपी नारायण डाँगीले भने।
उनी बाँकेका यातायात व्यवासायी चेतन मानन्धरको हत्या आरोपमा कारागार जीवन बिताइरहेका थिए। गएको असोज ३ गते संविधान दिवसका दिन उनलाई राष्ट्रपतिबाट आममाफी दिइएको थियो।
जघन्य अपराध गरेको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिइएको भन्दै राष्ट्रपतिको चौतर्फी आलोचना भएको थियो भने पीडित भारती मानन्धर (चेतन श्रीमती)ले सार्वोच्चमा रिट दायर गरेकी थिइन्।
सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार रिगलको आममाफी बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको थियो।
भिडियाे :
सम्बन्धित भिडियाे :