‘रिगल’लाई फेरि जेल पठाउने आदेश स्वागतयोग्यः चन्द्र भण्डारी

file photo : nayapatrika
file photo : nayapatrika

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले योगराज ढकाल (रिगल)लाई पुनः जेल पठाउने सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताएका छन्।

हत्या अभियोगमा कारागारमा रहेका रिगललाई संविधान दिवसका दिन आमामाफी दिइएको थियो। उक्त आममाफीलाई सर्वोच्च अदालतले बिहीबार बदर गर्दै पुनः रिगललाई पक्राउ गर्न आदेश दिएको छ।

सर्वोच्चको उक्त आदेशका सन्दर्भमा बिएल नेपाली सेवासँग कुरा गर्दै सांसद भण्डारीले सर्वोच्चको आदेशलाई स्वागतयोग्य भनेका छन्।

उनले भने, ‘जसले अपाराध गरेका छन्। अपराध गर्नेहरूलाई कानुनका साना छिद्रहरू प्रयोग गरेर उन्मुक्ति दिनुहुँदैन भन्ने हाम्रो मान्यता हो। अदालतले करेक्सन (सच्याउनु) गर्नु स्वागतयोग्य कुरा हो।’

आफमाफी दिने राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठ्यो नि?

कानुन प्रयोग गरेरै राष्ट्रपतिले आममाफी दिनुभएको हो। विगतमा केपी ओली सरकारले तरुण दलका नेतालाई हत्या गरेका व्यक्तिलाई पनि आफमाफी दिएको थियो। अहिले पनि त्यस्तै गरियो। यो नैतिक प्रश्न हो। नेपालमा नैतिकता हराइसकेकेको छ। यिनलाई ब्युँताउने हाम्रो काम हो। जुन सर्वोच्च अदालतले गर्‍यो, एकदमै स्वागतयोग्य कुरा हो। अब मान्छेहरू गलत काम गर्न हिचकिचाउने छन्।

अब हिजो उसैगरी आममाफी पाएकाहरू पनि जेल जाने भए?

ठिकै छ त। हिजो कोही दुविधामा थियो भने अदालत जान्छन्। हामीले कुनै अप्ठ्यरो मान्नु पर्दैन। सरकारले, व्यक्तिले कमीकमजोरी गर्लान्। त्यसको करेक्सन, त्यसको व्याख्या सर्वोच्च अदालतले गर्ला भनेर त हामीले संविधानका अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चलाई दिएका छौँ।

लोकतन्त्रमा गलत गरे सजाय पाइन्छ भन्ने आभास दिलाउनुपर्छ।

सम्बन्धित भिडियाे :

प्रकाशित मिति: : 2023-11-02 20:09:00

प्रतिकृया दिनुहोस्