सरकारले सदन प्रभावकारी बन्न दिएन : एमाले

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले सदन प्रभावकारी बन्न नदिएको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई संबोधन गर्दै उपाध्यक्ष पौडेलले सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार रहेकाे बताए।

‘७ महिनासम्म चलेको सदन जति प्रभावकारी र उपलब्धिपूर्ण हुनपर्ने हो, त्यति हुन सकेन। सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो’, उनले भने।

पौडेलले सदनमा प्रतिपक्षले बोलेको कुरा सरकारले नसुनेको भन्दै प्रतिपक्षको आवाजलाई सुनेमात्रै सदन अवरोधको स्थिति अन्त्य हुने बताए।

‘प्रतिपक्षले उभिएर बोल्दा सत्तापक्षले ध्यान दिएर सुन्नुपर्छ। तर यहाँ जायज माग भन्न र सुनाउनको लागि प्रतिपक्षले आवाज उठाएरमात्रै पुगेन, बेल घेर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘प्रतिपक्षको आवाजको सच्चाइलाई सुनेरमात्रै सदन अवरोधको स्थिति अन्त्य हुन्छ।’

प्रकाशित मिति: : 2023-11-02 13:18:00

प्रतिकृया दिनुहोस्