शीर्षस्थ नेताहरुको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

File Photo
File Photo

गणतन्त्रवादी पार्टीहरुको बैठक बस्दैछ। प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, तराईमधेश केन्द्रीत राजनीतिक दललगायतको बैठक बस्न लागेको हो।

बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन। तर शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि बैठक बस्ने सहमति भएको माओवादी केन्द्रले एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए। ती नेताका अनुसार हप्तादिनमा बैठक बस्नेछ।

उनकाअनुसार प्रतिगामी शक्तिहरुको अराजकता बढ्न थालेको भन्दै गणतन्त्रवादी पार्टीहरुको बैठक बस्न लागेको हो। ‘देशमा गणतन्त्रविरुद्ध प्रतिगामी शक्तिहरुको अराजकता बढ्दैछ। उनीहरुको अराजकता नियन्त्रण गर्न अब छिट्टै गणतन्त्रवादी पार्टीहरुका नेताहरुको बैठक बस्दैछ’, तीन नेताले भने।

शुक्रबार भएको भेटमा ओलीले प्रतिगामीहरुको अराजकता रोक्न प्रचण्डलाई आग्रह गरेका थिए। त्यसपछि गणतन्त्रवादीहरु पार्टीबीचको बैठक बस्न लागेको हो।

प्रतिगामी भनेर अहिले राजावादीहरुलाई भनिने गरिन्छ। पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतासमेत बढेको छ।

यस्तै राजतन्त्रको वकालत गर्दै आइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमालेकाविरुद्धमा बोल्दै आइरहेका छन्। यही विषयमा छलफल गर्न गणतन्त्रवादी पार्टीबीचको बैठक बस्न थालेको हो।

प्रकाशित मिति: : 2023-10-29 14:05:00

प्रतिकृया दिनुहोस्