‘चाइना उडे’ झलनाथ खनाल

BreaknLinks
BreaknLinks

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका शीर्षनेता झलनाथ खनाल चाइना उडेका छन्।

चीनको बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ)मा सहभागी हुन उनी गएराति चीन प्रस्थान गरेको एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिएका छन्।

खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजित तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन्।

प्रकाशित मिति: : 2023-10-16 09:24:00

प्रतिकृया दिनुहोस्