‘सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ सूचीकृत गर्दै चुनौतीपूर्ण परिस्थितिको सामाना गर्ने सङ्कल्पसहित अर्थतन्त्रलाई लयमा फर्काउन तथा देशमा नयाँ रक्तसञ्चार गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “सरकारकोतर्फबाट मैले पटकपटक भन्दै आएको छु, खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन्, यिनीहरुका माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिन्छ।”

प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रुपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

प्रकाशित मिति: : 2023-10-13 21:26:00

प्रतिकृया दिनुहोस्