कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्कीले दाबी पेश गरका छन्।
नेकपा एमालेको समर्थनमा कार्कीले बिहीबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गरेका हुन्।
उनले कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गरेका हुन्।
यसअघि सत्ता गठबन्धनबाट माओवादी काेशी संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गरिसकेका छन्।