१०+२ पास नभए पनि यी योग्यता भए डीभी भर्न सकिन्छ

नेपालमा सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसाको लट्री भर्ने क्रम जारी छ । हरेक वर्ष भरेर पनि नपरेकारहरू यस वर्ष त कसो नपर्ला भन्दै भरिरहेका छन् ।

नेपालमा डी भी भर्नका लागि १०+२ उत्तीर्ण हुनुपर्ने आमबुझाइ छ । त्यसैले नेपालमा १०+२ उलाई डीभी भर्ने कक्षा पनि भन्ने गरिन्छ । यो कक्षा उत्तीर्ण हुनेले डीभी भर्न पाए पनि त्योभन्दा कम कक्षासम्मको पढाइ गरेका वा पढ्दै नपढेकाले आफूलाई डीभी भर्न पनि नपाउने अभागी भन्दै पुर्पुरोमा धारेहात लगाउने गर्छन्।

तर, त्यस्तो १०+२ उत्तीर्ण नहुनेले डीभी भर्नै नपाउँने पनि हैन । वितेका पाँच वर्षमा कुनै खास क्षेत्रमा दुई वर्षको तालिम वा अनुभव भएकाले पनि डीभी लट्री भर्न पाउँछन् र भाग्यले साथ दिएमा उनीहरू पनि अमेरिका जान सक्छन् ।

यसरी थाहा पाउँन सकिन्छ आफ्नो पेशा वा योग्यता डीभी भर्नका लागि योग्य छ कि छैन ?

 यो लिंकमा क्लिक गर्नुहोस् 
आफ्नो पेशा छान्नुहोस् ।
पेशामा क्लिक गरेर त्यो पेशा जोन ४ वा ५ मा छ कि छैन निश्चित गर्नुहोस्
त्यो जोनमा परेको पेशा एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएको छ कि छैन निश्चित गर्नुहोस्

अमेरिकाको भाषामा १०+२ उत्तीर्ण नभए पनि डीभी लट्री भर्न पाउँनेमा जोन ४ वा ५ मा परेका वा एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएका हुन् ।  

को को छन् डीभी भर्न पाउँने सूचीमा ?


- गीतकार, साहित्यकार, कवि, लेखक, प्रुफ रिडर 
- सेक्युरिटी मेनेजर, सेल्स मेनेजर, होलसेल सेल्स रिप्रेजेन्टेटिभ
- कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशक, निर्माता, संगीतकार
- कला, नाटक र संगीत शिक्षक
- लाइब्रेरियन

को को छन् डीभी भर्न नपाउने सूचीमा ?


- मोडल
- गायक 
- खुद्रा व्यापारी

प्रकाशित मिति: : 2023-10-09 00:49:00

प्रतिकृया दिनुहोस्