‘सबै दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ’

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकाले त्यसतर्फ सबै राजनीतिक दलले त्यसान ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष ओलीले देशमा साम्प्रदायिक सद्भाव कायम गर्नु सबै नेपालीेको दायित्व भएको बताउँदै नेपालको जातीय  विविधता र एकता बिगार्नेबाट सचेत हुन आवश्यक भएको विचार व्यक्त गरेका छन्। 

अध्यक्ष ओलीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा संसद्को दुई तिहाइ मतबाट मात्र हुनसक्ने बताएका छन्। उनले गणतन्त्रका विरुद्धका अभिव्यक्ति नागरिक स्वतन्त्रताको उपयोगबाहेक केही नभएको टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: : 2023-10-04 20:39:00

प्रतिकृया दिनुहोस्