‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मन्दिरा अधिकारी
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा सुजन राउतकाे मृत्यु भएकाे छ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाहरूले गरेकाे आन्दोलनमा २३ वर्षीय राउतकाे प्रहरीले बाेकेकाे बन्दुककाे कुना लागेर मृत्यु भएकाे हाे।

बन्दुककाे कुन्ना लागेर घाइते भएका उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो। दैलेख घर भएका सुजन आन्दोलनकारीहरूकाे भीडमा नारा लगाइरहेका थिए।
आन्दोलन उग्र भइरहेकाे बेला उनले प्रहरीलाई ढंगामुढा गरेका थिए। साेही क्रममा प्रहरी आन्दोलनकारीलाई तिरबितर बनाउन अश्रुग्यास प्रहार गरेकाे थियाे।

आन्दोलित युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीसमेत गरेका थिए।
ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया