होस्टेलमा ८ वर्षीय बालक मृत फेला, आफन्तकाे तोडफोडपछि बालवाटिका तनावग्रस्त

सुर्खेतकाे एक विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन्।

वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका हुन्।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ घर भएका सलाम उषा बालवाटिकामा २ मा अध्ययनरत थिए। उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै बालककाे शव उठाउन दिएका छैनन्।

आक्रोशित आफन्तहरुले घटनाकाे निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले होस्टेलमा तोडफोडसमेत गरेका छन्। अहिले विद्यालय क्षेत्र तनावग्रस्त बनेको छ।

प्रकाशित मिति: : 2023-09-30 13:25:00

प्रतिकृया दिनुहोस्