सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सुरु भएको तनावले नेपालीहरूको सुरक्षा लगायतमा पर्ने प्रभावको व्यवस्थापन गर्न सरकारलाई रुलिङ गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले रुलिङको माग गरेपछि उनले यस्तो गरेका हुन्।
‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु’, उनले भनेका थिए।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै भने, ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु।’
आजको बैठकमा भारत(पाकिस्तान तनावबारे बोल्दै धेरै सांसदले रुलिङको माग गरेका थिए।