आन्दोलनरत राहतका शिक्षक र सरकारबीच पाँचबुँदे सहमति भएको छ।
शुक्रबार मन्त्रालयमा बसेको बैठकमा राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच पाँचबुँदे सहमति भएको हो।
सरकारसँग सहमति भएसँगै शिक्षकहरूकाे आन्दोलन स्थगित भएको छ।
सरकारले संसदमा दर्ता गरेकाे विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघकाे अगुवाइमा देशभरका शिक्षकहरुले ३ असोजदेखि काठमाडौं केन्द्रीत आन्दोलन थालेका थिए।
असोज ५ सरकार र महासंघबीच ६ बुँदे सहमति भएपछि शिक्षकहरुले आन्दोलन स्थगित गरेका थिए। तर राहतका शिक्षकहरुले उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका थिए।