एकीकृत समाजवादीनिकट युवा संघकाे ‘राष्ट्रिय श्रम अभियान’ सुरू

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले 'राष्ट्रिय श्रम अभियान' सुरू गरेको छ।

बुधबार काठमाडौँको लैनचौरस्थित अमृत साइन्स क्याम्पस परिसरको सरसफाइ गरेर सो अभियानको सुरुवात गरिएको हो।

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा अभियानको शुभाराम्भ गरिएको छ।

नेता खनालले कार्यक्रमलाई सम्बोधन गर्दै समाजमा भौतिक र राजनीतिक दुई प्रकारका फोहोर रहेको र दुबै खाले फोहोर युवाहरूले मात्र सफाइ गर्ने बताएका थिए।

युवा संघको अध्यक्ष कृष्ण विकसहित संघका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा सरसफाइ कार्यक्रम गरेका छन्। 'महिनाको दुई दिन: दुई घन्टा, मेरो राष्ट्रका लागि...!' भन्ने नाराका साथ अभियानलाई राष्ट्रव्यापी बनाउने अभियानका संयोजक मनोज खत्रीले जानकारी दिए।

नेकपा एमालेबाट विभाजन भइ बनेको एकीकृत समाजवादीका युवाहरुले विगत दुई वर्षदेखि यो अभियान सञ्चालन गर्दै आइरहेका थिए। तर युवा संघको आन्तरिक विवादले एक वर्षदेखि सो अभियान स्थगित रहेको थियो।

प्रकाशित मिति: : 2023-09-27 14:52:00

प्रतिकृया दिनुहोस्