विद्यालय शिक्षा विधेयकविरुद्ध काठमाडौँमा शिक्षकहरूकाे प्रदर्शन (तस्बिरहरू)

सरकारले भदाै २७ गते संसद सचिवालयमा दर्ता गरेकाे 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशाेधन तथा एकीकरण गर्न बनेकाे विधेयक' प्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौँ आएका शिक्षकहरुले बुधबार  माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

विधेयककाे मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका सबै बुँदाहरु उचित ढङ्गबाट नसमेटिनु तथा स्थायी, अस्थायी, करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुद्दाको सम्बोधन नगर्नुले आन्दोलनमा उत्रिनु परेकाे शिक्षकहरूले बताएका छन्। 

प्रकाशित मिति: : 2023-09-20 12:23:00

प्रतिकृया दिनुहोस्