धादिङमा ट्याङ्कर खस्यो, दुईजनाको मृत्यु

Break n Links
Break n Links

धादिङमा एउटा ट्याङ्कर भीरबाट खस्दा दुई जनाको मृत्यु भएको छ। पानी बोकेको उक्त ट्याङ्कर धादिङको गुप्तेस्वर महादेवको गुफा नजिकै भीरबाट खसेको थियो। 

प्रहरीका अनुसार दुर्घटनामा गजुरीका १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। 

मंगलबार राति करिब ११ बजेतिर ट्याङ्कर भीरबाट खसेको थियो। स्थानीयले उद्धार गरेर स्थानीय स्वास्थ्यकेन्द्रमा पुर्‍याएपछि उपचारकै क्रममा दुईजनाको निधन भएको हो। 
 

प्रकाशित मिति: : 2025-02-26 08:12:00

प्रतिकृया दिनुहोस्