बुधबार, १७ डिसेम्बर २०२५

ओली र लेखकलाई बयानमा बोलाउने आयोगको तयारी, समन्वयका लागि सरकारसँग आग्रह

News Image
• • •

भदौ २३ र २३ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आगामी सातादेखि राजनीतिक नेताहरूको बयान लिने तयारी गरेको छ।

बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आगामी साता तत्कालिन सरकारका प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायत र दलका नेताहरूलाई बयानमा बोलाउने जानकारी गराएका हुन्।

बयान दिन अस्वीकार गर्ने नेताहरूलाई बयानमा उपस्थित गराउन आवश्यक सहयोग गर्न उनले प्रधानमन्त्रीसमक्ष आग्रहसमेत गरेका छन्।

त्यस्तै उनले महत्वपूर्ण बयान बाँकी नै रहेको र डकुमेन्ट तयार गर्न समय लाग्ने भएकाले आयोगको म्याद एक महिना थप गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरे।

सरकारले यसअघि नै आयोगको कार्यादेश थप गर्ने निर्णय गरिसकेकाले म्याद थपका लागि सकारात्मक रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!