भारतीय विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ले मिडियामार्फत् दक्षिण एसियाली ‘समाजमा—घृणा’ फैलाइरहेका दुई दर्जन टेलिभिजन पत्रकारलाई बहिष्कारको सूचीमा राखेको छ।
भारतीय अतिवादी प्रधानमन्त्री नरेन्द्र मोदीका ‘अघोषित प्रवक्ता’का रुपमा चिनिएका १४ टेलिभिजन पत्रकारले दैनिकजसो घृणाले भरिएका कथाहरू वाचन गर्छन्। उनीहरू प्रधानमन्त्री मोदीलाई ‘भगवान’कै शैलीमा प्रचार गर्छन्। र, विपक्षी दलका नेताहरूलाई पत्रकारिता बिर्सेर ‘अनुमानकारिता’ गर्दै सत्तोसराप गरिरहन्छन्।
‘हाम्रो इन्डिया गठबन्धनले घृणाले भरिएका कथाहरूलाई वैधानिक बनाउन चाहँदैन, जसले समाजलाई बिगार्न खोज्दैछ,’ कांग्रेस पार्टीका प्रवक्ता पवन खेराले भने।
विपक्षी गठबन्धनका कैयौँ नेताहरूले ‘गोदी मिडिया’का १४ पत्रकारले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रमलाई ‘घृणाको शोरुम’ भनेका छन्।
विपक्षी गठबन्धनले पत्रकार अर्नव गोस्वामी, सुधीर चौधरी, चित्रा त्रिपाठी, अमन चोपडा, अमिश देवगन, आनन्द नरसिंहन, अशोक श्रीवास्तव, गौरव सावन्त, नाविका कुमार, प्राची पराशर, रुबिका, लियाकत, शिव अरुर र सुशान्त सिन्हालगायतलाई बहिस्कार गर्नेछ।
प्रधानमन्त्री मोदी सत्तामा आएपछि यी टेलिभिजन पत्रकारहरूले हिन्दू र मुस्लिमबीच विभाजित ल्याउने कार्यक्रम चलाउँदै आएको आरोप छ।
प्रधानमन्त्री मोदीको राजनीतिक शैली अराजतकतातिर उक्लिँदैगर्दा विपक्षीहरू एकैकित्तामा उभिएका छन्। कांग्रेससहित दुई दर्जनभन्दा बढी दलहरूको ‘इन्डिया’ गठबन्धन छ।