नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङ पार्टीको उपाध्यक्षमात्रै नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको बताएका छन्।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो’, ओलीले सामाजिक सञ्जालमा लेखेका छन्। लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्याएको योगदान सधैँ सम्झिरहने उनको भनाइ छ।
‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली,’ ओलीले भनेका छन्, ‘उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
२००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङको मंगलबार बिहान बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो। त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई अस्पतालले मृत घोषणा गरेको थियो।
भिडियाे :