हर्क र बालेन ‘आफ्नै मान्छे’ जस्तो लाग्छः प्रचण्ड

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङलाई आफ्नै मान्छेजस्तो लाग्ने बताएका छन्।

विराटनगरमा प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ उदाएका नेताहरूलाई आफूले लोकतन्त्रको फूलबारीको फूल ठान्ने गरेकोले आफ्नै लाग्ने बताएका हुन्।

उनले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भएमा बालेन वा हर्क जो नेतृत्वमा आएपनि आफूलाई फरक नपर्ने उनले बताए। उनलाई प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा हर्क साम्पाङजस्ता मान्छे जितेर गए के हुन्छ? भन्दै पत्रकारहरूले प्रश्न सोधेका थिए।

जवाफमा प्रचण्डले भने, ‘के फर पर्छ र? हर्क साम्पाङ आए पनि केही फरक पर्दैन। बालेन आएपनि केही फरक पर्दैन। अरु आएपनि केही फरक पर्दैन। मैले त उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल भनि नै सकेको छु। म त्यहाँबाट दायाँबायाँ छैन। त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु।’

प्रकाशित मिति: : 2025-02-26 16:20:00

प्रतिकृया दिनुहोस्