बादललाई देवेन्द्रले भने- ‘जनयुद्धकै कमाण्डर मतिभ्रष्ट भए’

नेकपा माओवादी (केन्द्र)का सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएको बताएका छन्।

बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताएका हुन्।

पौडेलले एमाले-कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गरेपनि जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्ध बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए।

उनले भने, ‘न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो?’

उनले जनयुद्धकालमै रम्तेललगायतका सहिदहरूको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताह अभियानको सुरुवात गरेको र आजपनि त्यसैको निरन्तरता स्वरुप देशभर अभियान चलिरहेको बताए।

प्रकाशित मिति: : 2025-02-26 18:35:00

प्रतिकृया दिनुहोस्