गगन थापाकाे प्रश्न– कोही जलाइदिन्छु भन्छन् कोही खुकुरी हान्छन्, के अब हामी एक्लै हिँड्न नहुने हो?

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ‘महेन्द्र यादवमाथि भएको घटना’बारे बोल्दै देशको सुरक्षा प्रणालीमाथि गृहमन्त्रीलाई प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले गृहमन्त्रीमाथि प्रश्न गरेका हुन्।

थापाले भने, ‘कोही जलाइदिन्छु भन्छन् कोही खुकुरी हान्छन्। के अब हामी काठमाडौँमा एक्लै हिँड्न नहुने हो ? म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु।’
थापाले समाजमा असन्तुष्टि छन् भन्दैमा हिंसात्मक कुरालाई प्रोसत्हन गर्न नहुने बताए।

उनले घटनाबारे अनुसन्धान गर्न सरकालाई आग्रह गरे।

नेपाली काँग्रेसका सह–महामन्त्री यादवमाथि बुधबार दिउँसो काठमाडौँको भृकुटीमण्डमा आफूलाई सामाजिक अभियान्ता बताउने नुवाकोटको विदूरका श्याम सापकोटाले टाउको र गर्धनमा खुकुरी प्रहार गरेका थिए।

यादवको उपचार जारी छ। 

प्रकाशित मिति: : 2023-09-07 13:52:00

प्रतिकृया दिनुहोस्