आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर
फाइल तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेस, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज बिहान पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही देशको पहाडी भू-भागको थोरै  स्थानहरूमा  तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-09-04 07:21:00

प्रतिकृया दिनुहोस्