नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता गराउनेमा राधाकृष्ण कँडेल र हरि रिजाल रहेका छन्।
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए। तर सहमतिको प्रयास असफल भएपछि दुबै जनाले उम्मेद्वारी दर्ता गराए।
दुबै आकांक्षीले एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको हो।
कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्।
कँडेल एमाले प्रदेश कमिटीको तदर्थ समिति अध्यक्ष हुन् भने रिजाल चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए।