चीनले गएको अगस्ट २८ मा जारी गरेको आफ्नो नक्सामा नेपालको भु–भाग भारतमा देखाएकोप्रति नेपाल बोलेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको संसदले सर्वसम्मत स्वीकृत गरेको नक्सा सबै छिमिकीले सम्मान गर्नुपर्ने बताएको छ।
नेपालको पश्चिमी भूमी लिम्पियाधुरा, लिपुलेक क्षेत्र चीनले जारी गरेको नक्सामा भारतमा देखाइएको छ। मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार विश्वास गर्छ।’
सीमा विवाद वार्ता र कूटनीति तहबाट समाधान गर्ने पनि मन्त्रालयले जनाएको छ।