ट्रम्पको नयाँ अफर, ५० लाख डलरमा अमेरिकी नागरिकता किन्न पाइने

Break n Links
Break n Links

आप्रवासीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’को अफर घोषणा गरेका छन्। यसको मूल्य लगभग ७० करोड नेपाली रुपैयाँ अर्थात् ५० लाख अमेरिकी डलर पर्छ। 

यो भनेको एकप्रकारको अमेरिकी भीसा हो। जसबाट तत्कालै अमेरिकी नागरिकता पाउन सजिलो हुनेछ। 

ओभल हाउसबाट नयाँ कार्ड बिक्री खुल्ला भएको घोषणा गर्दै ट्रम्पले भनेका छन् ‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं। ५० लाख डलर तिरेपछि यसले ग्रीन कार्डका विशेषाधिकारहरू प्रदान गरिनेछ। र यसबाट अमेरिकी नागरिकता पाउने बाटो खुल्नेछ। धनी व्यक्तिहरू यो कार्ड किनेर अमेरिका आउन सक्नेछन्।’

ट्रम्पले आगामी दुई साताभित्र कार्डको बिक्री सुरु हुनेछ। 
 

प्रकाशित मिति: : 2025-02-26 10:58:00

प्रतिकृया दिनुहोस्