बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव अघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताएका छन्।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मंगलबार इटहरी आएका महामन्त्री शर्माले ०८४ को निर्वाचन अघि नै कांग्रेसले नयाँ नेतृत्व पाउने दाबी गरे।
कांग्रेसमा ०८४ को चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले निर्वाचनमा वडादेखी केन्द्रसम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने दाबी गरे।
उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ०८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो। त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु।’
महामन्त्री शर्माको भनाइ-
जिल्लाका साथीहरू विधानले तोकेको नियमावली भित्र रहेर टुङग्याउनुस् र हामीले भनेका पनि छौं नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि बन्नु छ तर क्रियाशिल चैं नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुँदैन। निर्धारित समय भित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौं। त्यसपछि महाधिवेशनको ढोका खुल्छ। पार्टीका सबै साथीहरू तयार भए हुन्छ। आगामी ०८४को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा-वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नयाँ नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया