बलात्कार आरोपी न्यायाधीश भुवन गिरीले सरकारी गाडी फिर्ता गरेका छन्।
गिरीले प्रयाेग गर्दै आइरहेको ००२ झ ५२०३ नम्बरको गाडी यही साउन २४ गते नेपालगञ्ज उच्च अदालतमा बुझाएका हुन्।
गिरी २०७९ असार ३ गतेदखि कपिलवस्तु जिल्ला अदालतकाे न्यायाधीशका रुपमा कार्यरत थिए।
गिरीकी पत्नी आरतीले आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
आरतीले अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै विरोध गरेकी थिइन्।
पीडितका अनुसार वकिल इन्द्रप्रसाद अर्यालले ‘सत्यको जित हुन्छ,न्याय पाइन्छ भन्ने विश्वास दिलाएका छन्। उनी माइतीघर मण्डलामा ६४ दिनदेखि अनशनरत छिन्।