‘ब्रेक थ्रु विथ’ रोहित मल्ल आयोजना हुने

गैरनाफामूलक सामाजिक संस्था युनिभर्सिटी अफ थ्री जेनेरेसनको आयोजनामा ब्रेक थ्रु विथ रोहित मल्ल नामक एक दिने युवा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन हुने भएकाे छ।

यही भदौ १९ गते मंगलबारका दिन काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमकाे आयोजना हुनेछ।

युवा वर्गमा विद्यमान समस्याहरुलाई समाधान गर्दै सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदेश्यका साथ याे कार्यक्रम केन्द्रित रहेको जनाइएको छ।

कार्यक्रमको मुख्य वक्ताका रुपमा युवा मोटिभेसनल स्पिकर रोहित मल्ल रहने छन्। उनी ७ वर्षदेखि देशका विभिन्न स्थानहरुमा पुगेर उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्।

उनको मुख्य प्रस्तुतिमा स्ट्रगल, पसिबल, फियरलेस जस्ता देशव्यापी मोटिभेसनल सेमिनार सम्पन्न भैसकेको छ।

विशेषत: युवा वर्गमा आफ्नो करियरमा के बन्ने, सम्बन्ध कसरी कायम राख्ने, लागुपदार्थ दुर्व्यसनबाट कसरी पर रहने जस्ता विषयहरुमा अथाह दुविधा रहेकाले उनीहरुलाई सकारात्मक कार्यका लागि उत्प्रेरित गर्न याे कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ।

प्रकाशित मिति: : 2023-08-27 11:40:00

प्रतिकृया दिनुहोस्