राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक जारी

राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठक शीतल निवासमा जारी छ। बैठक करिब ९ बजेतिर सुरु भएको हो।

राष्ट्रपति पौडेलले ६० किलो सुन बरामदपछि निरन्तर हुँदै आएको संसद अवरोधलगायत समसामयीक राजनीतिक विषयमा जानकारी लिन र दिन बैठक डाकेका हुन्।

बैठकमा एमालेबाहेक सबै दलका प्रतिनिधिहरु सहभागी छन्।

संसद खुलाउने विषयमा दलहरुबीच सहमति जुटिसकेको अवस्थामा राष्ट्रपतिल सक्रियता देखाउनु उचित नहुने बताउँदै एमालेले राष्ट्रपतिले डाकेको बैठक बहिष्कार गरेको हो।

संसद अवरोध भएयता शीर्ष दलका अध्यक्षहरुसँग छुट्टछुट्टै वार्ता गर्दै आइरहेका राष्ट्रपति पौडेलले आज सर्वदलीय बैठक बोलाएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग साउन ३१ गते वार्ता गरेका थिए।

प्रकाशित मिति: : 2023-08-22 09:28:00

प्रतिकृया दिनुहोस्