कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ।

शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। आजको बैठक मध्याह्न साढे १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको तोत्से हलमा बस्ने छ। 

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउछन्। शुक्रबार १९ जना सांसदले धारणा राखेका थिए।

सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई पालैपालो बोल्न समय दिएका छन्।

शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो। साथै सुनील शर्मा पक्राउ बैठकमा सांसदहरुले गम्भीर ढंगले कुरा राखेका थिए।

प्रकाशित मिति: : 2023-08-13 09:56:00

प्रतिकृया दिनुहोस्