जनता समाजावदी पार्टी (जसपा) ले गौर हत्याकाण्डको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो।
सबै दलबाट सहभागी हुने गरी संसदीय समिति बनाउन माग गरिएको हो। सरकारले यही साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गरेपछि जसपा झस्किएको छ।
गौर हत्याकाण्डका मुख्य योजनाकार जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको भनेर आरोप लाग्दै आएको छ। तर जसपाले यादवलाई फसाउने गरी अहिले सरकारले छानबिन गर्न लागेको बताएको छ।