राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रियसभा बैठक आज बस्दै छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको छ। 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ। 

नेकपा एमालेले सुन प्रकरणमा आयोग बनाउन माग राख्दै आएकाले सहमति नभएमा बैठक अवरुद्ध हुनसक्ने सम्भावना  छ।

प्रकाशित मिति: : 2023-08-11 07:50:00

प्रतिकृया दिनुहोस्