नेविसंघको घोषणा सभामा पत्रकारलाई निषेध

काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को घोषणा सभामा पत्रकारलाई निषेध गरिएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघलाई ७ सय १० सदस्यीय केन्द्रीय बनाएका थिए। जसका लागि आज (बुधबार) काँग्रेस केन्द्रीय कार्यालयमा सानेपा घोषणा सभा राखिएको थियो। तर घोषणा सभामा पत्रकारलाई निषेध गरिएको छ।

सभा कक्षमा त जान दिएकै छैन नै, पार्टी कार्यालयको प्रांगणमा समेत प्रवशे गर्न दिइएको छैन।

केही दिनअघि केन्द्रीय समितिको बैठक लाइभलाई लिएर सबैले प्रशंसा गरेका थिए। तर आज लाेकतान्त्रिक पार्टीको संगठनले पत्रकारलाई नै प्रवेश गर्न नदिनु लोकतन्त्रको उदांगो नाच भनेर टिप्पणी गरिएकाे छ।

देउवाले ९ चैत्र २०७८ मा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए।

दुई वर्षपछि यही सोमबार सभापति देउवाले ७७ जिल्लाबाट प्रतिनिधि हुने गरी ७ सय १० सदस्यीय नेविसंघ विस्तार गरेका थिए।

प्रकाशित मिति: : 2023-08-09 14:23:00

प्रतिकृया दिनुहोस्