संसदको अवरोध खुलाउन शीर्ष नेताहरू छलफलमा

प्रतिनिधिसभाको अवराेध खुलाउन आज पनि प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूकाे बैठक बसिरहेको छ।

क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै पटकपटक संसद अवराेध गरिरहेकाे छ। संसदको अवरोध खुलाउन साेमबारदेखि शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

प्रकाशित मिति: : 2023-08-08 12:00:00

प्रतिकृया दिनुहोस्