शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन

संसदको अवरोध हटाउन सभामुखसहित सिंहदरबारमा बसेको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन टुङ्गिएको छ।

करिब साढे दुई घण्टा चलेको छलफल निष्कर्षविहीन भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘सय किलो सुन प्रकरण’को अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समितिको माग रोखर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर गर्दै आएको संसद अवरोध हटाउन सभामुखको कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल चलेको थियो।

छलफलमा सभामुख देवराज घिमिरेसहित, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापनि शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै तीन दलका प्रमुख सचेतकहरु सहभागी थिए।

लेखककाअनुसार बिना निष्कर्ष टुङ्गिएको बैठक पुन: दिउँसो साढे ३ बजे बस्नेछ।

त्यस्तै सोमबार दिउँसो १ बजेको लागि तय बस्ने भनिएको प्रतिनिधिसभा बैठक ४ बजेसम्मको लागि स्थगित भएको छ।

प्रकाशित मिति: : 2023-08-07 14:55:00

प्रतिकृया दिनुहोस्