बागमती प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले मन्त्रालयकाे जिम्मेवारी पाएका छन्।
नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मा पाएका हुन्। उनले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाउन सकेका थिएनन्।
कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आए पनि माओवादी केन्द्रले आफ्नो भागमा परेको सो मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो।