प्रहरीको लाठी प्रहारबाट सहकारी पीडित घाइते भएका छन्।
सहकारी संस्थाले आफ्नो बचत अपचलन गरेको भन्दै देशभरबाट काठमाडौंमा सहकारी पीडित प्रदर्शनमा उत्रिएका छन्।
बिहीबार बिजुलीबजारमा सहकारी पीडितले सडकमा प्रदर्शन गरेपछि प्रहरीले लाठी प्रहार गर्दा केही सहकारी पीडित घाइते भएका छन्।
एक जनलाई अस्पताल भर्ना गरिएको प्रदर्शनमा सहभागी एक जनाले बिएल नेपाली सेवालाई जानकारी दिए।
तीन–चार जना घाइते भएको र उनीहरुलाई पनि अस्पताल लैजाने तयारी भइरहेकाे छ।