माओवादीको केन्द्रीय समितिकाे बैठक आज पनि

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए। बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँच/पाँच मिनेट समय दिइएको छ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ। 

बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल भइरहेको छ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-03 07:35:00

प्रतिकृया दिनुहोस्