सुदूरपश्चिम सरकारले पायाे पूर्णता, दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त

फाइल तस्वीर:  मुख्यमन्त्री कमलबहादुर शाह
फाइल तस्वीर: मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएकाे छ। मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार दुई मन्त्री र राज्यमन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएकाे हाे।

कांग्रेसबाट शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त छन्।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन्। 

प्रकाशित मिति: : 2023-08-02 17:57:00

प्रतिकृया दिनुहोस्