साहुको फन्दामा फसेका मजदुरलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका– २० तरहराका लालबहादुर विश्वकर्माले पूर्ण सफाइ पाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी निधीराम दाहालले जानकारी दिए।
मंगलबार उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएको हो।
दाहालकाअनुसार विश्वकर्मा आजै छुट्ने छन्।