आज पनि बस्न सकेन संसद बैठक

आज (मंगलबार)को प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आफ्नो अडानबाट पछि नहटेपछि आजको बैठक पनि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

सभामुख देवराज घिमिरेले बैठक साउन २२ गतेसम्मकाे लागि स्थगित गरेका हुन्।

एमालेले साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सय किलो सुनको छानबिनको लागि उच्चस्तरिय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद बैठक अवरुद्ध गर्दै आएको छ।

यसअघि आइतबार बस्ने भनिएको संसद बैठक पनि एमालेको अडानका कारण बस्दै नबसी स्थगित भएको थियो।

प्रकाशित मिति: : 2023-08-01 14:57:00

प्रतिकृया दिनुहोस्