संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरेले सदनलाई गराउने छन्।
गत प्रतिनिधिसभाकाे निर्वाचनमा अर्घाखाँचीकाट निर्वाचित रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे भन्दै काठमाडौं जिल्ला अदालतले गत असार १ गते पूर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेकाे थियाे।