लुम्बिनीमा आँखाको नानीको प्रत्यारोपन निःशुल्क गरिने 

नेपालमै पहिलो पटक लुम्बिनी प्रदेश सरकारले कर्निया अर्थात आँखाको नानी प्रत्यापरोपन निःशुल्क गर्ने भएको छ। 

आँखाको ज्योती गुमाएका लुम्बिनी प्रदेशका नागरिकको आँखाको नानीको प्रत्यारोपन सरकारले निःशुल्क गर्ने स्वास्थ्य मन्त्री राजु खनालले बताए। कार्यविधि तयार गरेर यो कार्यक्रम लागु गरिने उनले जानकारी दिए।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि बनाउने तयारी भइरहेको छ।
 

प्रकाशित मिति: : 2023-07-26 18:46:00

प्रतिकृया दिनुहोस्